आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ग्रीन भ्याली रिसोर्ट (फोटो फिचर सहित)
आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ग्रीन भ्याली रिसोर्ट (फोटो फिचर सहित)
    • Bell Sanchar

    • १८ बैशाख २०८१, मंगलवार

काठमाडौ ।

प्रकृतिको बरदान पर्यटकीय सुन्दर स्थल शिवपुरी डाडागाउँ रहेको सम्पूर्ण सुबिधा सम्पन्न “ ग्रीन भ्याली रिसोर्ट”आन्तरिक तथा बाह्य पर्यटकको सर्बाधिक रोजाइमा पर्दै गएको छ ।

राजधानीको कोलाहल छलेर परिवारसँग स्वस्थ र स्वच्छ हावा,शान्त र रमाइलो प्राकृतिक सौन्दर्य मनमोहक दृश्य,विभिन्न प्रजातिका वनस्पति र जीवजन्तुहरू अवलोकन गर्ने काठमाडौ उपत्यकाबाट सबैभन्दा नजिकको गन्तव्य हो ग्रीन भ्याली रिसोर्ट ।

महाराजगन्जबाट ऐतिहासिक नगरी बुढानिलकण्ठ मन्दिर हुँदै ५.५ किलोमिटर पहाडको टुप्पोमा प्रकृतिको अवलोकनका साथै मनोरम शिवपुरी राष्ट्रिय निकुन्जको अवलोकन चराचुरुङ्गीका साथै अन्य वन्यजन्तुहरुको अवलोकन गदै पुगिन्छ ग्रीन भ्याली रिसोर्ट।

सम्पुर्ण सुबिधा सम्पन्न अन्तराष्ट्रीय स्तरको यस रिसोर्टबाट रात्रिको समयको काठमाडौं उपत्यकाको दृश्य अझ मनमोहक देखिन्छ । २० रोपनी क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा फेमिली डिलक्स, डवल, डिलक्स ट्विन,र सुपर डिलक्स गरी ३६ कोठा आधुनिक सुबिधाको
२ वटा बार,कफिसप र रेस्टुरेन्ट रहेका छन् ।

यहाँ एकैपटक २०० जनालाई सेवा दिन सकिने सेमिनार हल छ भने आफ्नै मल्टिकुजिन रेस्टुरेन्ट पनि रहेको छ । अत्याधुनिक सुविधा सम्पन्न गार्डेन,फेमिलीको लागि बस्ने छुट्टा छुट्टै रुम ,स्विमिङ पुल, चिल्ड्रेन पार्क ७०० जना क्षमता भएको पिकनिक एरिया, क्याम्प फायर र लाइभ बारबेक्यू सभा,सम्मेलन पार्टी,गीति एल्बम बिमोचन,लोकार्पण,चलचित्रहरु शुभ मुहर्त,पत्रकार सम्मेलन बिबाह,बर्थडे,गुन्यु चोली र अन्य शुभकार्य गर्न सकिन्छ ।

पृथक रहेको व्यवस्थापन पूर्ण पारिवारिक वातावरणमा ग्राहकहरुलाई विहानको ब्रेकफष्टदेखि रातीको डिनरसम्मको गुणस्तरीय सेवा पस्कने गरी प्रबन्ध मिलाइएको रिसोर्टका महाप्रबन्धक गणेश श्रेष्ठले बताउनुभयो ।

रिसोर्टले पुरानो नेपाली संस्कृति झल्काउने संरचना निर्माण गरी तारे होटल स्तरको सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । रिसोर्ट निर्माणमा नेपाली मौलिक शैलीलाई पनि पछ्याइएको हुनाले यहाँ पुग्ने पर्यटकहरुले अत्यधिक मन पराउने गरेका छन् ।

रिसोर्टबाट प्राकृतिक सुन्दरताको अवलोकन समेत गर्न सकिन्छ ।
रिसोर्टले करीब ६० जनालाई प्रत्यक्षरुपमा रोजगारी दिएको छ ।

 

साताकाे चर्चित
सम्बन्धित