रणवीरको फिल्म ‘शमशेरा’को कमजोर सुरूआत
रणवीरको फिल्म ‘शमशेरा’को कमजोर सुरूआत

शमशेराले आदिवासीको स्वतन्त्रता र सम्मानका लागि संघर्ष गर्ने पात्रको कथा भन्छ।

    • Bell Sanchar

    • ८ श्रावण २०७९, आईतवार

रणवीर कपूर, सञ्जय दत्त र वाणी कपूर स्टारर निर्देशक करण मल्होत्राको फिल्म शमशेराले दर्शक र समिक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ। यसको प्रत्यक्ष असर फिल्मको बक्स अफिसमा देखिएको छ। ‘शमशेरा’ ले पहिलो दिन बक्स अफिसमा राम्रो कमाई गर्न सकेन।

भारतीय मिडियका अनुसार १५० करोडभन्दा बढी भारतीय रूपैयाँको लगानीमा बनेको ‘शमशेरा’ले पहिलो दिन बक्स अफिसमा १०.२५ करोड भारू मात्रै कमाएको छ। विश्वभर ५ हजार ५ सय स्क्रिनमा रिलिज भएको फिल्मले भारतमा ४ हजार ३५० स्क्रिन पाएको थियो।

पहिलो दिनको खराब प्रदर्शनपछि फिल्मका अधिकांश शो विश्वभर रद्द गरिएका छन्। ट्रेड विश्लेषकका अनुसार रणवीरको यो कमब्याक फिल्म उनको अर्को फ्लप साबित हुनेछ।

फिल्ममा रणवीरको दोहोरो भूमिका रहेको छ । रणवीर चार वर्षपछि ‘शमशेरा’ मार्फत फिल्ममा फर्किएका हुन्। उनी पछिल्लो पटक सन् २०१८ मा रिलिज भएको सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ मा देखिएका थिए।

शमशेराले आदिवासीको स्वतन्त्रता र सम्मानका लागि संघर्ष गर्ने पात्रको कथा भन्छ। काजा नामक एक काल्पनिक सहरको शासक सुद सिंहले आदिवासी योद्धालाई समातेर यातना दिन्छ र कैदमा राख्छ। यसविरुद्ध मुख्य पात्रले विद्रोह गर्छ ।

फिल्ममा रणवीर र सञ्जयसँगै वाणी कपूर, आशुतोष राणा, सौरभ शुक्ला र रोनित रोयलगायत कलाकारको अभिनय छ।

यो सन् २०२२ को बहुप्रतिक्षित फिल्म मध्ये एक हो। ‘शमशेरा’ सन् १८०० को डकैत जनजातिको कहानीमा आधारित छ जो आफ्नो अधिकार र स्वतन्त्रताको लागि अंग्रेजसँग लडाइँ गर्छन्।

यशराज ब्यानरको निर्माण भएको ‘शमशेरा’लाई करण मल्होत्राले निर्देशन गरेका हुन्।

साताकाे चर्चित
सम्बन्धित