ब्रह्मास्त्र २ मा महादेव-पार्वतीको भूमिकामा ऋतिक रोशन र दीपिका पादुकोण!
ब्रह्मास्त्र २ मा महादेव-पार्वतीको भूमिकामा ऋतिक रोशन र दीपिका पादुकोण!

निर्माण पक्षका अनुसार यो फिल्म ३ भागमा रिलिज हुनेछ।

    • Bell Sanchar

    • १३ श्रावण २०७९, शुक्रबार

अभिनेता रणवीर कपुर र आलिया भट्टको ‘ब्रह्मास्त्र’ लाई लिएर दर्शकहरुमा क्रेज देखिएको छ। आगामी सेप्टेम्बर ९ बाट यो फिल्म वर्ल्डवाइड रिलिज हुँदैछ।

दर्शकहरुले फिल्मको ट्रेलरलाई निकै रूचाइरहेका छन्। निर्माण पक्षका अनुसार यो फिल्म ३ भागमा रिलिज हुनेछ।

यो वर्ष मात्र यसको पहिलो भाग रिलिज हुँदैछ, जसमा रणवीर कपूर शिवको भूमिकामा देखिनेछन् भने आलिया भट्ट ईशाको भूमिकामा देखिनेछन्। यसैबीच ‘ब्रह्मास्त्र–२’ मा दीपिका पादुकोणको प्रवेश भएको खबर बाहिरिएको छ।

‘ब्रह्मास्त्र–२’ मा दीपिका पादुकोण स्पेशल हिस्सा बन्ने बताइएको छ। उनी पार्वतीको भूमिकामा देखिने भएकी छन्। पहिलो भागमा शिव र ईशाको कथा देखाइनेछ भने दोस्रो भागमा देव र पार्वती जोडिनेछन् ।

देवको भूमिकामा ऋतिक रोशनलाई निर्माताहरूले अफर गरेका छन्। यद्यपि फाइनल भएको छैन। तर, पार्वतीको भूमिकामा भने दीपिकाको नाम फाइनल भइसकेको छ। यसका लागि दीपिकाले पनि सुटिङ गरेको बताइएको छ।

निर्देशक अयान मुखर्जी केही दिनअघि ऋतिक रोशनको घर गएका थिए र उनलाई ‘ब्रह्मास्त्र’को दोस्रो भागमा महादेवको भूमिका अफर गरेका थिए।

आधुनिक पौराणिक कथाका लागि उनी निर्माता/निर्देशकको पहिलो रोजाइमा परेका हुन्। तर अयान र ब्रह्मास्त्रको टोलीलाई ऋतिकले ग्रिन सिग्नल दिएका छैनन्। ऋतिकलाई यो क्यारेक्टर निकै मन परेको भए पनि छिट्टै नै उनले आफ्नो निर्णय लिने र फिल्ममा उनको प्रवेश आधिकारिक रुपमा गर्ने अपेक्षा गरिएको छ।

यतिबेला ऋतिक आफ्नो अर्को फिल्म विक्रम वेधाको रिलिजको तयारीमा व्यस्त छन्। यसपछि उनी सिद्धार्थ आनन्दद्वारा निर्देशित फिल्म फाइटरमा देखिनेछन्। यस फिल्ममा दीपिका पादुकोण पहिलो पटक ऋतिकसँग देखिनेछिन्। यसपछि भऋतिक कृष ४, वार २ र रामायणमा ध्यान केन्द्रित गर्नेछन्।

साताकाे चर्चित
सम्बन्धित