फ्राइडे रिलिज: हलमा खगेन्द्र लामिछानेको ‘पानीफोटो’
फ्राइडे रिलिज: हलमा खगेन्द्र लामिछानेको ‘पानीफोटो’

'एक भिलेन रिटर्न्स' करिब आठ वर्षअघि आएको श्रद्धा कपूर र सिद्धार्थ कपूरको फिल्म 'एक था भिलेन'को सिक्वेल हो।

    • Bell Sanchar

    • १३ श्रावण २०७९, शुक्रबार

आज शुक्रबार हलमा एक नेपाली फिल्म र दुई भारतीय फिल्म प्रदर्शनमा आएका छन्।

खगेन्द्र लामिछानेको डेब्यू निर्देशनमा बनेको फिल्म ‘पानीफोटो’, बलिउड फिल्म ‘एक भिलेन रिर्टन्स´ र दक्षिण भारतीय फिल्म ‘विक्रान्त रोना’ प्रदर्शनमा आएका हुन्।

‘पानीफोटो’मा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशकअगाडि बेपत्ता भएको छोराको खोजीमा रहेको बाबुआमाको कथालाई प्रस्तुत गरिएको छ। निर्देशक खगेन्द्रकै लेखन रहेको फिल्म यसअघि नाटक मञ्जन भइसकेको छ।

फिल्ममा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मा लगायतको अभिनय छ। टुकी आर्ट्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले मिलेर निर्माण गरेका हुन्।

दीपक बज्राचार्यले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठ र अर्जुन कार्कीले सम्पादन गरेका छन्। फिल्मको छायांकन काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्गजामा गरिएको हो।

‘एक भिलेन रिटर्न्स’ करिब आठ वर्षअघि आएको श्रद्धा कपूर र सिद्धार्थ कपूरको फिल्म ‘एक था भिलेन’को सिक्वेल हो।

मोहित सूरीले निर्देशन गरेको फिल्ममा जोन अब्राहम, अर्जुन कपुर, तारा सुतरिया र दिशा पाटनीको मुख्य भूमिका छ।

त्यस्तै, ‘विक्रान्त रोना’ पनि भारतीयको फिल्म हो। अनुप भण्डारीले निर्देशन गरेको फिल्ममा किच्चा सुदीप, निथा अशोक, ज्याकलिन फर्नान्डिजको मुख्य भूमिका छ।

साताकाे चर्चित
सम्बन्धित