कांग्रेस नेता निधि र रायबीच छलफल ,अयोध्याको राम मन्दिरमा धनुष राख्न
कांग्रेस नेता निधि र रायबीच छलफल ,अयोध्याको राम मन्दिरमा धनुष राख्न

अयोध्याय भ्रमणका क्रममा शनिबार निधिले राम मन्दिरमा धनुष राख्न प्रस्ताव गरेको उनको सचिवालयले जानकारी दिएको छ।

    • Bell Sanchar

    • १५ श्रावण २०७९, आईतवार

भारतको अयोध्यायमा निर्माण भइरहेको राम मन्दिरमा नेपालमै बनेको धनुष राख्न नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आग्रह गरेका छन्।

जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राम मन्दिरमा राख्न निधिले आग्रह गरेका हुन्।

अयोध्याय भ्रमणका क्रममा शनिबार निधिले राम मन्दिरमा धनुष राख्न प्रस्ताव गरेको उनको सचिवालयले जानकारी दिएको छ।

निधिको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्यसमितिमा छलफल गरी सहमति गराउने प्रतिवद्धता जनाएका छन्।

‘मलाई विश्वास छ, यो प्रस्तावमा सबैले सहमति जनाउनु हुनेछ,’ रायले भने। राम मन्दिर ट्रस्ट र निर्माण समितिको बैठकमा प्रस्ताव गरेपछि निर्णयमा पुगिने उनले बताए।

साथै निधिले महामन्त्री रायलाई नेपालमा निर्माण गरेको धनुषको नक्सा हस्तान्तरण गरेका थिए।

राम मन्दिरमा धनुष राख्न निधि, जानकी मन्दिरका महन्थ श्री रामतपेश्वर दासलगायत जनकपुरवासी र राम मन्दिर ट्रस्टका सदस्य अनिल मिश्रलगायत बीच पनि छलफल भएको थियो।

यसैबीच राम मन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालिगण्डकी क्षेत्रको शिलाबाट  बनाउने विषयमा पनि निधि र रायबीच छलफल भएको थियो।

अयोध्यामा सन् २०२४ भित्र राम मन्दिर निर्माण गरिसक्ने योजना छ।

साताकाे चर्चित
सम्बन्धित