फिल्म बहिष्कार गर्नेलाई अक्षय कुमारले दिए यस्तो जवाफ
फिल्म बहिष्कार गर्नेलाई अक्षय कुमारले दिए यस्तो जवाफ

जसका कारण फिल्मले अहिलेसम्म बक्स अफिसमा खासै कमाई गर्न सकेको छैनन्। 

    • Bell Sanchar

    • ३१ श्रावण २०७९, मंगलवार

पछिल्लो समय बलिउड फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकिरहेको छैन।

फिल्मको रिलिज मितिदेखि नै केही न केही माग राखेर दर्शकहरू बहिष्कारमा उत्रिएका छन्।  जसका कारण बलिउडले निकै ठूलो नोक्सानी व्यहोर्दै आएको छ।

यसै साता रिलिज भएको आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ र  अक्षय कुमारको फिल्म ‘रक्षाबन्धन’ बहिष्कारको निसानामा पर्‍यो। यी दुई फिल्मका विषयमा सामाजिक सञ्जालमा निकै विरोध भयो।

जसका कारण फिल्मले अहिलेसम्म बक्स अफिसमा खासै कमाई गर्न सकेको छैनन्।

यसैबीच अक्षय कुमारले बलिउडका फिल्म बहिष्कार गर्ने चलनका विषयमा मौनता तोडेका छन्। उनले हरेक ट्रोल र फिल्म बहिष्कार गर्नेले सुन्नैपर्ने कुरा भनेका छन्।

केही दर्शकहरूले फिल्म रूचाए पनि बहिष्कारको सिकारमा परेको रक्षा बन्धनले सोचेजस्तो कमाइ गर्न सकेन। जसका कारण चलचित्रकर्मीहरु निकै मारमा परेका छन्।

हिन्दुस्तान टाइम्ससँगको विशेष कुराकानीमा अक्षय कुमारले केही व्यक्तिले फिल्म बहिष्कार गर्नाले फिल्म नचलेको प्रतिक्रिया दिएका छन्।

‘म उनीहरूलाई यसो नगर्न भन्न चाहन्छु, फिल्म बनाउन धेरै मेहनत र पैसा पनि चाहिन्छ। फिल्म उद्योगलाई नोक्सान भयो भने देशको अर्थतन्त्रमा पनि असर पर्छ’, उनले भनेका छन्, ‘फिल्म बहिष्कार गरेर उनीहरूले अनायासै हामीलाई हानी पुर्‍यायाइरहेका छन्।’

अक्षयले साउथका फिल्मका बारेमा आफ्नो धारणा राखेका छन्। उनले राम्रा फिल्म बनेपछि हिट हुने भन्दै यसमा दक्षिण र उत्तरको कुनै भूमिका नरहने बताए।

रक्षा बन्धनकै दिन रिलिज भएको अक्षय कुमार र भूमि पेडनेकरको फिल्म रक्षा बन्धनले हालसम्म २८.१६ करोड भारू कमाएको छ ।

बिहिबार ८.२ करोडको ओपनिङ गरेको रक्षा बन्धनले शुक्रबार ६.४०, शनिबार ६.५१ र आइतबार ७.५० करोडको ब्यापार गरेको छ।

यसअघि बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ फ्लप भएपछि वितरकहरूले क्षतिपूर्तिको माग गरेका छन्।

१८० करोडको बजेटमा बनेको फिल्मले ४ दिनमा ३७ करोड ९६ लाख भारतीय रुपैयाँ कमाएको छ। यो निकै कमजोर कमाइ हो। यसअघि आमिरको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ले पहिलो दिन ५२ करोड कमाएको थियो। फिल्मको कथा कमजोर भएको भन्दै यो फिल्म पनि बक्स अफिसमा फ्लप सावित भएको थियो। लगातार दुई फिल्म फ्लप भएपछि आमिर स्तब्ध रहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ।

‘लाल सिंह चड्डा’ हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक हो। यो फिल्म प्रदर्शन हुनुअघि नै सामाजिक सञ्जालमा बहिष्कार अभियान चलेको थियो। यसको असर बक्स अफिसमा पनि देखिएको छ।

चड्डाले रिलिजको चार दिनमा ३७.९६ करोड भारू कमाएको छ। ११.७० करोडको ओपनिङ गरेर्को फिल्मले शुक्रबार ७.२६, शनिबार ९ र आइतबार १० करोड भारूको ब्यापार गरेको थियो।

साताकाे चर्चित
सम्बन्धित