फ्राइडे रिलिज: तीन नेपाली फिल्मसँगै दक्षिण भारतीय फिल्म
फ्राइडे रिलिज: तीन नेपाली फिल्मसँगै दक्षिण भारतीय फिल्म

आजदेखि नेपाली फिल्म ‘माइकल अधिकारी’, ‘कृष्ण लिला’ र ‘प्रेमगञ्ज’सँगै दक्षिण भारतीय फिल्म ‘कार्तिकेय २’ प्रदर्शनमा आएका हुन्।

    • Bell Sanchar

    • ३ भाद्र २०७९, शुक्रबार

कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार हलमा तीन नेपाली फिल्म र एक दक्षिण भारतीय फिल्म प्रदर्शनमा आएका छन्।

आजदेखि नेपाली फिल्म ‘माइकल अधिकारी’, ‘कृष्ण लिला’ र ‘प्रेमगञ्ज’सँगै दक्षिण भारतीय फिल्म ‘कार्तिकेय २’ प्रदर्शनमा आएका हुन्।

रन्जित रौनियारले निर्देशन गरेको फिल्म ‘माइकल अधिकारी’मा पैसाको प्रलोभनमा परी ‘सरोगेसी’ अर्थात् कोख भाडा दिएर बच्चा जन्माउने दम्पतीको कथा देखाइएको छ।

गोपीकृष्ण मुभिजको ब्यानरमा बनेको फिल्मलाई निरक पौडेलले निर्माण गरेका हुन्। निर्देशक रौनियारको कथा रहेको फिल्ममा पटकथा तथा संवाद शैलेश कँडेलको छ।

फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ अशान्त शर्मा, लुनिभा तुलाधर, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, जेमिमा टम्स, दिलिप बोहरा, केन्द्र भट्टराई, आर्या पौडेल, केभिन परियारलगायत कलाकारको अभिनय छ।

उद्धव पौडेलको प्रस्तुतीमा निर्माण भएको फिल्मको सम्पूर्ण छायांकन इलाम र झापामा गरिएको छ। यो फिल्मलाई मित्र डि गुरूङले सम्पादन गरेका हुन्।

दीपक ओली निर्देशन गरेको फिल्म ‘कृष्ण लीला’मा पुष्प खड्का र श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईं, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायत कलाकारको अभिनय छ।

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ छन्।

लभस्टोरी जनराको फिल्मको लेखन लक्ष्मण सुवेदी, छायांकन शिव ढकाल र बाबु श्रेष्ठ, द्धन्द्ध श्री श्रेष्ठको छ। प्रकास कार्की र केबल तामाङ निर्माता रहेको फिल्मको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन्।

परिच्छेद सेनले निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’ दुई पुस्ताको प्रेम कथालाई देखाइएको छ। फिल्ममा राजा र मैनाबीचको प्रेममा आउने उतारचढाबलाई प्रस्तुत गरिएको छ।

फिल्ममा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशान, सुप्रिया खनाल, सम्पदा बानियाँ, पवन भट्टराई, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायत कलाकारको अभिनय छ। फिल्ममा सुरक्षा पन्तलाई अतिथि भूमिकामा देख्न सकिन्छ। यो फिल्मबाट तेज गिरीले डेब्यू गर्दैछन्। तेज पेसाले बैंकर हुन्।

किरण गुरागाईं, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी, निर्मला लामिछानेको लगानी रहेको फिल्मको कथा निर्देशक परिच्छेदले नै तयार पारेका हुन्।

राजु फुँयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो। यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन्। सञ्जय लामाको छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।

त्यस्तै दक्षिण भारतीय फिल्म ‘कार्तिकेय २’ मा निखिल सिद्धार्थ, अनुपमा परमेश्वरान र अनुपम खेरको मुख्य भूमिका छ। यो फिल्मलाई चन्दू मनदेतीले निर्देशन गरेको फिल्ममा भगवान कृष्णको शक्तिमार्फत कसरी मुख्य पात्र कार्तिकेयले आफ्नो समस्याको रहस्य पत्ता लगाउँछन् भन्ने देखाइएको छ।

साताकाे चर्चित
सम्बन्धित