आगामी कात्तिक २ र ३ गते पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ती औषधि खुवाउन लागिएको हो ।
छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ ।
करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र करीब २३ लाख ९३ हजार बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।
यस अभियानमा ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी छ ।