कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

स्वास्थ्य सेवा   विभाग, परिवार  कल्याण महाशाखाका अनुसार राष्ट्रिय भिटामिन ‘ए’

    • Bell Sanchar

    • २७ आश्विन २०७९, बिहीबार

आगामी कात्तिक २ र ३ गते पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि  खुवाइँदै छ  ।

स्वास्थ्य सेवा   विभाग, परिवार  कल्याण महाशाखाका अनुसार राष्ट्रिय भिटामिन ‘ए’     कार्यक्रमअन्तर्गत ती औषधि खुवाउन लागिएको हो ।

छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र  एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ ।

करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’   क्याप्सुल र करीब २३ लाख ९३ हजार  बालबालिकालाई जुकाको  औषधि खुवाइने छ  ।

यस अभियानमा ५२ हजार स्वास्थ्य  स्वयंसेविका  परिचालन गर्ने तयारी छ ।

साताकाे चर्चित
सम्बन्धित