जुम्ला ।
गठबन्धन दलका साझा समाजवादीका उम्मेदवार पदम राेकायालाई पछाडि पार्दै नेकपा ( एमालेका ) उम्मेदवार टेकराज पछाई अग्रतामा पुगेका छन् ।
प्रदेश (ख) काे ९ हजार ६ सय मतगणना गर्दा नेकपा एमालेका टेकराज पछाईले ३ हजार ५ सय सत्तर मत प्राप्त गरेर अग्र स्थानमा छन् ।
उनका टक्करमा समाजबादीका पदम राेकायाले ३ हजार ३ सय छयहत्त, मतले पछि परेका छन् ।
त्यस्तै गरि स्वतन्त्र उम्मेदवार धनवहादुर बस्नेतले १ हजार ८ सय उनान्नब्बे मत पाउनु भएको छ । नेपाल मजदुर पार्टी ( नेमकिपा ) का बिर्ख रावतले ५ सय दश मत प्राप्त गर्नु भएकाे छ ।