माओवादीमा प्रारम्भिक समीक्षा : कांग्रेससँगको गठबन्धन
माओवादीमा प्रारम्भिक समीक्षा : कांग्रेससँगको गठबन्धन

प्रत्यक्षमा माओवादीलाई २० सिट पनि पुर्‍याउन मुस्किल छ भने समानुपातिकमा एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पनि पछि परेको छ ।

    • Bell Sanchar

    • ८ मंसिर २०७९, बिहीबार

काठमाडौं

२०७४ को प्रतिनिधिसभा चुनावमा निर्णायक तेस्रो हैसियतमा रहेको नेकपा माओवादी केन्द्र यसपाली कमजोर देखिएको छ । प्रत्यक्षमा माओवादीलाई २० सिट पनि पुर्‍याउन मुस्किल छ भने समानुपातिकमा एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पनि पछि परेको छ ।

चुनावको प्रारिम्भक समीक्षामा माओवादी नेताहरुले यसपटकको चुनावी गठबन्धन आफूहरुका लागि प्रत्युत्पादक बनेको टिप्पणी गरेका छन् । उपमहासचिव हरिबोल गजुरेलले अघिल्लो बाम गठबन्धनको असफलताबाट निराश भएका मतदाताले यसपटकको चुनावी गठबन्धनलाई अस्वीकार गरेको बताए

‘अघिल्लो गठबन्धनको सरकार पाँच वर्ष पनि चलेन’, उनले भने, ‘त्यसपप्रतिको असन्तुष्टि र वितृष्णास्वरुप नै मतदाताले अहिलेको गठबन्धन पनि स्वीकार नगरेका हुन् ।’ यद्यपि गजुरेलले अघिल्लो पटकको गठबन्धनको सरकार ढलेपछि माओवादीका लागि अहिलेको गठबन्धन बाध्यात्मक रहेको बताए ।

सचिव गणेश साहले पनि चुनावी गठबन्धन प्रतिउत्पादक रहेको टिप्पणी गरे । ‘यो नसोचेको परिणाम होइन कि आउनुपर्ने नै आयो’, उनले भने, ‘यो विजातीय गठबन्धन हो । सरकार चलाउनसम्म यो गठबन्धन ठीक थियो । मेरो विचारमा गठबन्धन चुनावमा प्रतिउत्पादक सावित भयो ।’

साताकाे चर्चित
सम्बन्धित