जुम्ला
जुम्लाको चन्दनाथ नगरपालिका ३ स्थित लाल वहादुर खत्रीको ४ तले १७ कोठे घर आगलागी हुँदा जलेर नष्ट भएको छ ।
४ तला १७ कोठा भएको घर जलेर नष्ट भएको जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशिले बताउनु भयो ।
जोशीका अनुसार राति घरमा कसरी आगलागी भयो त्यो भने खुल्न सकेको छैन् हामी बुझ्दै छौं ।
त्यस्तै घरमुली नरेन्द्रका अनुसार गएराती साढे २ बजे तिर आगलागी भएको हो ।
प्रहरीलाई विहान ६ बजे मात्र खबर गरेका हौँ । अन्न , लत्ताकपडा , भाडाकुडा र घर भित्र भएका सबै सामानहरु जलेर नष्ट भएको चन्दनाथ ४ का वडा अध्यक्ष रतन खत्रीले बताए ।
तत्काल जिल्ला प्रशासन कार्यलयमा बैठक समेत बसेर प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जानकारी दिए ।
उनका अनुसार बैठक बसेर आवश्यक राहत सम्बन्धि छलफल गरेर जिल्ला प्रशासन मार्फत २५ हजार दिइने बताए ।