जुम्लामा आगलागीबाट ४ तलेघर जलेर नष्ट
जुम्लामा आगलागीबाट ४ तलेघर जलेर नष्ट
    • उमेश बुढा

    • ९ मंसिर २०७९, शुक्रबार

जुम्ला

जुम्लाको चन्दनाथ नगरपालिका ३ स्थित लाल वहादुर खत्रीको ४ तले १७ कोठे घर आगलागी हुँदा जलेर नष्ट भएको  छ ।

४ तला  १७ कोठा भएको घर जलेर नष्ट भएको जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशिले बताउनु भयो ।

जोशीका अनुसार राति घरमा कसरी आगलागी भयो त्यो भने खुल्न सकेको छैन् हामी बुझ्दै छौं ।

त्यस्तै घरमुली नरेन्द्रका अनुसार गएराती साढे २  बजे तिर आगलागी भएको हो ।

प्रहरीलाई विहान ६ बजे मात्र खबर गरेका हौँ । अन्न , लत्ताकपडा , भाडाकुडा र घर भित्र भएका सबै सामानहरु जलेर नष्ट भएको चन्दनाथ ४ का वडा अध्यक्ष रतन खत्रीले बताए ।

तत्काल जिल्ला प्रशासन कार्यलयमा बैठक समेत बसेर प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जानकारी दिए ।

उनका अनुसार बैठक बसेर आवश्यक राहत सम्बन्धि छलफल गरेर जिल्ला प्रशासन मार्फत २५ हजार दिइने बताए ।

साताकाे चर्चित
सम्बन्धित