सिँजाका २९ वटा सामुदायिक वनका पदाधिकारीसँग धितालले गरे परामर्श
सिँजाका २९ वटा सामुदायिक वनका पदाधिकारीसँग धितालले गरे परामर्श
    • उमेश बुढा

    • १० बैशाख २०८१, सोमबार

जुम्ला ।

सिँजा गाउँपालिका भित्र पर्ने २९ वटा सामुदायिक वनका पदाधिकारीसँग पालिका अध्यक्ष धितालले परामर्श गरेका छन् ।

प्रत्येक सामुदायिक वनलाई पत्रचार गरेर यहि बैशाख ८ गते सिँजा गाउँपालिकाको अध्यक्ष धितालको कार्य कक्षमा छलफल गरेका थिए ।

सामुदायिक वनले कार्य विपरीत काम गरेकाले पालिकाले परामर्श चलाएको धितालले बताउनु भयो ।

वनको नियम अनुसार दर्ता भएका सामुदायिक वनहरुले समयमै नविकरण नगर्ने , लेखा परिक्षण नगरेका अडिट नगरेका सामुदायिक वनका पदाधिकारीसँग छलफल समयमा गर्नु होला अध्यक्ष धितालले भने , अझै त सामुदायिक वनहरुले पुर्जी नकाट्ने , पुर्जी काटेकाले पनि चाहिएको काठ भन्दा बढी मात्रामा रुख काट्ने गगेको र एक सामुदायिक वनको पुर्जि हुन्छ अर्को सामुदायिक वनमा काठ काट्ने गरेको जनगुनासो आए पछि पालिकाले अब सामुदायिक वनलाई पनि कडाईका रुपमा चलाउनको लागि पदाधिकारीसँग बैठक गरेको हो ।

सामुदायिक वन उपभोक्ता समितिहरुको आय आर्जन गर्न बहुमुल्य जडिबुटी खेती लगायत वातावरण सुधारका कार्यक्रमहरु सहितका प्रावाधानहरु राखेर कार्ययोजना निर्माण गर्ने सिँजा , हिमा गाउँपालिका सवडिभिजन वन कार्यालय नराकोट जुम्लाको प्राविधिक सहयोगमा कार्ययोजना निर्माण गरी स्वीकृत गराउन सम्बन्धित सामुदायिक वन उपभोक्ता अध्यक्षले पहल गर्ने निर्णय समेत गरेको र यस पालिका स्तरिय सामुदायिक वन उपभोक्ता समुहको सञ्जाल गठन गरि कोष खडा गर्ने निर्णय समेत गरेकोछ ।

सिँजा गाउँपालिका भित्र जम्मा २९ वटा सामुदायिक वन रहेका छन् भने , बैठकमा १७ वटा सामुदायिक वनका पदाधिकारीहरु उपस्थिति भएको सिँजा हिमा गाउँपालिका सवडिभिजन वन कार्यालय नराकोटका प्रमुख क्षेत्र वहादुर महतले जानकारी दिनु भयो ।

उनका अनुसार सामुदायिक वनलाई पनि स्थानिय सरकारले साचो र नजर लगाएकोमा वन कार्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्नु भयो ।

सिँजा गाउँपालिकाले सामुदायिक वनका पदाधिकारीसँग यस्तो परामर्श र रेखदेख गरेको पहिलो पटक हो। पालिकामा भित्र पर्ने सामुदायिक वन भित्र विभिन्न प्रकारका जडिबुटी , पशुपंक्षी र बोटविरुवाको सामुदायिक वनका पदाधिकारीले हेरचाह नगर्नाले चोरी भइरहेका छन् । राष्ट्रिय वन भन्दा सामुदायिक वन बढी फडानी भएको देखिन्छ । र चोरी सिकार पनि अत्याधुनिक रुपमा भइरहेको पाइन्छ । यसलाई रोकथाम गर्नको लागि मुख्य रुपमा पदाधिकारीसँग छलफल धितालले चलाएका हुन ।

साताकाे चर्चित
सम्बन्धित