बरिष्ट सौन्दर्यबिद महराद्धारा मल्टिन्युट्रेशन प्रालिको शुभारम्भ
बरिष्ट सौन्दर्यबिद महराद्धारा मल्टिन्युट्रेशन प्रालिको शुभारम्भ
    • Bell Sanchar

    • १५ बैशाख २०८१, शनिबार

ललितपुर

नेपालमा युरोपियन मेडिकेटेड ब्युटी प्रडक्टहरूको बिक्रेता मल्टिन्युट्रेशन प्रालिले आफ्नो आउटलेट ललितपुरको मानभवनमा सञ्चालनमा ल्याएको छ । मल्टिन्युट्रेशन प्रालिको आज शनिबार एक विशेष कार्यक्रममार्फत वरिष्ठ ब्युटिसियन सुष्मा महराले रिबन काटेर उद्घाटन गरिन् । उनी नेपालको नम्बर वान फेसियल हाउसकी प्रबन्ध निर्देशक पनि हुन् ।

मानभवनस्थि एभिन्यु–८८ बिल्डिङको दोस्रो तल्लामा अवस्थित मल्टिन्युट्रेशन प्रालिको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी सुष्मा महराले युरोपियन कन्ट्री पोल्याण्डमा उत्पादन गरिएको प्रडक्टहरू अत्यन्तै फाइदाजनक रहेको बताइन् । ‘म पनि आफू राम्री देखिन मल्टिन्युट्रेशनकै प्रडक्टहरू युज गरिरहेकी छु ।

उमेरले ४० कटिसकेँ, तै पनि ४० कटेकोजस्तो नदेखियोस् भनेर म ती प्रडक्टहरू प्रयोग गरिरहेकी छु,’ वरिष्ठ ब्युटिसियन महराले भनिन्, ‘मेड इन पोल्याण्डबाट आएका यी प्रडक्टहरू नेपाल आउनेवित्तिकै मेरो हातमा आइपुगेको थियो । मैले प्रयोग गरेँ, परिणाम राम्रो दियो त्यसैले अहिले धेरै मन पर्छ र अरुलाई पनि प्रयोगका लागि सिफारिस गर्ने गरेकी छु ।

कोलाजिनका प्रडक्टहरूमा राम्रो फाइदा रहेको भन्दै उनले धेरैलाई रिकमेण्ड गर्ने गरेको सुनाइन् । २० वर्षदेखि ६० वर्ष उमेर समूहलाई लक्षित गरेर नेपाल भित्र्याइएका यी प्रडक्टहरू मुख्यतः ३० वर्ष कटेपछि अधिक प्रयोग हुने गरेको उनको भनाइ छ । मानिसको उमेर बढ्दै जाँदा कोलाजिन ड्यामेज हुने र त्यसको रिपेयरका लागि मल्टिन्युट्रेशनका प्रडक्टहरू प्रयोग गर्न सकिने मल्टिन्युट्रेशनकी किरण तामाङले जानकारी दिइन् । उनका अनुसार प्रडक्टहरू मेडिकेटेड भएको तथा कपाल, स्किन, आइब्रो, नेल्स र आइलासिसका लागि प्रयोग गर्न सकिन्छ ।

त्यस्तै, चायाँपोतो, रिङकल र पिम्पल्सहरूमा पनि यी प्रडक्टहरू प्रयोग गर्न सकिने उनले बताइन् । होलसेललाई प्राथमिकतामा राखेर प्रडक्ट बिक्री गरिरहेको मल्टिन्युट्रेशन प्रालिले ग्राण्ड ओपनिङको अवसर पारेर हरेक प्रडक्टमा १० प्रतिशत छुट उपलब्ध गराएको बताएको छ । मल्टिन्युट्रेशनले ल्याउने प्रडक्टहरू मल्टिन्युट्रेशनबाहेक काठमाडौंको काठमाण्डू मललगायत देशका विभिन्न शहरमा अवस्थित फेसियल हाउस र तिनका आउटलेटहरूमा पनि पाइने बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित