हाम्रो सिँजा पुस्तकको विमोचन (फाेटाे फिचर)
हाम्रो सिँजा पुस्तकको विमोचन (फाेटाे फिचर)
    • Bell Sanchar

    • २४ बैशाख २०८१, सोमबार

जुम्ला ।

संविधान सभा सदस्य डिल्ली प्रसाद काँफले हाम्रो सिँजा खस सभ्यताको मूल थलो पुस्तको आइतबार विमोचन गरिएको छ ।

खस सभ्यता भित्रका सयौं पर्टकीय क्षेत्र, राजकीय क्षेत्र , धार्मिक क्षेत्र तथा भेषभुषालाई जगेर्ना गर्न एउटा भरपर्दो संस्था आवश्यक देखिएकोले यस क्षेत्रका बौद्धिक व्यक्तित्वहरुको अनुरोधमा मिति २०७८ साल पुष १६ गतेका दिन यस कनकासुन्दरी गाउँ कार्यपालिकाको बैठकले विधिवत रुपमा निर्णय गरी यस संस्थाको स्थापना भएको बुझिन्छ । मिति २०७९ साल जेठ २७ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा दर्ता भई पहिलो संस्करणका रुपमा हाम्रो सिञ्जा खस सभ्यताको मूल थला नामक पुस्तक प्रकाशनमा आएको छ ।

उक्त विमोचन कार्यक्रमका विशेष अथिति वा जुम्ला क्षेत्र नम्बर ख का माननीय टेकराज पछाईका अनुसार यो पुस्तकले विशेष गरि सिँजा क्षेत्र अझै त कनकासुन्दरी गाउँपालिका भित्र रहेका धार्मिक , सँस्कृतिक , रिती रिवाज , भेषभुषालाई लोभ हुन नदिनको लागि यो पुस्तकले इतिहासलाई पनि जोगाउनमा मद्दत पुर्‍याउने छ ।

यो पुस्तकमा सबै क्षेत्रका पुराना वस्तुहरु समेटिएको छैन । अर्को दोर्सो संस्करणमा समेट्नु हुनेछ । र कनकासुन्दरी , पाण्डवगुफा , विराट दरबारको लागि प्रदेशमा बजेटको लागि आवाज उठाइरहने छु पछाईले बताए ।

प्राचीन सिँजाका राजाहरु , सिँजा साम्राज्यका निसानीहरु , विराट मन्दिर , देवता र मानवजातिको जन्मथलो, प्राकृतिक स्थलहरु , खस भाषाका उखानहरु , खस साम्राज्यको केन्द्र , मानव सभ्यता , सिँजा हाम्री आमा हुन् लगायत २९ वटा शिर्षकमा र तस्बिरहरु १ सय १४ रहेका छन् । भने , लेख रचनाहरु लेख्ने सहयोगीहरु १ सय २७ वडा रहेर पुस्तक तयार पारिएको खस सिँञ्जा सभ्यता संरक्षण विकास प्रतिष्ठानका सदस्य मादव काफलेले बताए ।

कार्यक्रमका सभा अध्यक्ष वा संस्थाका अध्यक्ष गौरीलाई न्यौपानेका अनुसार हामीले पहिलो संस्करणमा सिँजाका धार्मिक स्थल , रितिरिवाज , भेष भुषा , साँस्कृतिक सम्पदालाई समेट्न सकिरहेका छैनौं ।

अब दोर्सो संस्करणमा बौद्धिक व्यक्तित्वहरु , राजनीति दलका प्रतिनिधि र लेखकहरुको सहल्ला सुझाव अनुसार जानेछौ ।

हाम्रो सिञ्जा खस सभ्यताको मूल थलो नामक पुस्तकको प्रमुख अथिति रहनु भएका डिल्ली काफलेले उत्घाटन गरेर विमोचन गरिका थिए । उक्त कार्यक्रममा बाजागाजाले पुस्तक विमोचनमा पर्दशन गरिएको थियो । स्थानीय वासी , जनप्रतिनिधि , कर्मचारी , राजनिती दलका प्रतिनिधि , बौद्धिक व्यक्ति , लेखकहरुको उपस्थिति रहेको थियो ।

 

यो पुस्तकले सिँजाका पुराना सम्पदालाई लोभ हुन नदिन र पछिल्ला युवाहरुले इतिहास खोज्न धैरै कष्ट गर्नु पर्दैन यो किताबमा सिँजाका धार्मिक स्थल , कला , साहित्यहरुको इतिहासको बारेमा पुस्तकमा उल्लेख गरिएको छ ।

सिँजाको इतिहासलाई जगेर्ना गर्ने र लोभ हुन यो पुस्तकले दिने छैन् ।

साताकाे चर्चित
सम्बन्धित