जुम्लाको कनकासुन्दरीमा मुढा काट्ने क्रममा एकजनाको मृत्यु
जुम्लाको कनकासुन्दरीमा मुढा काट्ने क्रममा एकजनाको मृत्यु
    • उमेश बुढा

    • २५ बैशाख २०८१, मंगलवार

 जुम्ला ।

कनकासुन्दरीमा मुढा काट्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

कनकासुन्दरी १ नेउरीघाट बस्ने ३२ वर्षीया चन्दलाल कठायतको घटना स्थलमै मृत्यु भएको प्रहरी चौकी चौथाले जनाएको छ ।

कठायत वडा नम्बर १ देखि वडा नम्बर २ मालिकावोता घर लगाउनको लागि काम गर्न आएका र विहान जङ्गलमै गएर रुख काट्नको लागि जङ्गलमा पुगेर रुख काटी सकेको रुखको मुढा काट्ने क्रममा माथिबाट आएको रुखले टाउकोमा चोट लागेर मृत्यु भएको वडा अध्यक्ष भिम भण्डारीले बताउनु भयो ।

भण्डारीका अनुसार वडा नम्बर १ को मालदेव जङ्गलमा विहान करिब ८ बजेको समयमा घटना घटेको हो । मृतकको साथमा एक जना साथी पनि रहेका छन् ।

खबर पाउँदा वितिकै घटना स्थलमा प्रहरी चौकी चौथाबाट प्रहरीको टोली पुगेको छ । भन्ने जिल्ला प्रहरी कार्यालय जुम्लाबाट मुचुल्काको लागि आएको टोली बाटोमा आउँदै गरेको प्रहरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित