सिँजामा निशुल्क स्वास्थ्य शिविर बस्दै
सिँजामा निशुल्क स्वास्थ्य शिविर बस्दै
    • उमेश बुढा

    • १३ बैशाख २०८१, बिहीबार

जुम्ला ।

ब्रिटिश गोर्खाज् नेपालद्वारा सिँजा गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर बस्ने भएको छ ।

यहि बैशाख १५ गतेदेखि १८ गतेसम्म फुटाशिली आधारभूत विद्यालय सिँजा ३ धिताललिही विद्यालयमा विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म स्वास्थ्य शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिनु भयो ।

उनका अनुसार शिविरको लागि ९० प्रतिशत तयारी भएको र अझै पुरा तयारी बैशाख १४ गतेसम्म पुरा हुने पनि रोकायाले बताए ।

समन्वय तथा सहजिकरण सिँजा गाउँपालिकाको रहेको छ । भने आयोजक कादुरी एग्रिकल्चरल एण्ड एसोशियन पोदरा १६ कास्कीको रहेको छ ।

स्त्री रोग सम्बन्धि जाँच तथा उपचार गरिने , दाँतको उपचार तथा आवश्यकता अनुसार दाँत उखालि दिने , आँखा जाँच तथा मोतीबिन्दुको शल्यक्रिया गरिने , रगत , दिशा र पिसाबको परिक्षण गरिने , मुटुको इसिजी परिक्षण गरिने र कादुरीद्वारा संञ्चालित विभिन्न नि स् शुल्क सीपमूलक तालिमको परामर्श तथा छनोट निशुल्क गरिने भएको छ ।
सिँजामा विभिन्न स्वास्थ्यका समस्या भएका विरामीले घर नजिकै सपचार र परिक्षण गर्न पाउने छन् ।आर्थिक अवस्था कमजोर भएर टाढा उपचार गर्न नस्कने व्यक्तिहरुका लागि घर नजिकै स्वास्थ्य शिविर राखेको रोकायाले बताए । स्वास्थ्य सम्बन्धि समस्या भएका विरामीले समयमै मौकाको फाइदा लिनको लागि शिविरमा आएर सेवा लिन सिँजावासी सम्पुर्णलाई रोकायाले अपिल गर्नु भएको छ ।

विरामीले बस्न , खान र ओड्ने ओछ्याउने कपडाको आफै व्यवस्था गर्नु पर्ने सुचनामा उल्लेख गरिएको छ । स्वास्थ्य विशेषज्ञद्वारा चेक जाँच गरिनुका साथै उपचार पनि गरिने छ ।

साताकाे चर्चित
सम्बन्धित