कर्णाली प्रदेशसभा सदस्यले लिए शपथ

शाहलाई सोमबार बिहान ११ बजे प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए।

    • Bell Sanchar

    • ११ पुष २०७९, सोमबार

कर्णाली प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार प्रदेश सभाका ३९ जना सदस्यहरूलाई ज्येष्ठ सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

शाहलाई सोमबार बिहान ११ बजे प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए।

दैलेख २ (ख) बाट निर्वाचित ६६ वर्षीय शाह नेकपा एमालेका कर्णाली प्रदेश सदस्य हुन्।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४ जना सांसद छन्।

नेकपा माओवादीबाट १३, नेकपा एमालेबाट १० जना सांसद छन्। नेकपा (एकीकृत समाजवादी) र राप्रपाबाट एक/एक जना सांसद छन्।

स्वतन्त्र एक जना सांसद छन्।

Nabintech
साताकाे चर्चित
सम्बन्धित