फिल्म ‘तिम्रो मेरो साथ’ को शीर्ष गीतमा पुष्प र साम्राज्ञी (भिडिओ)
फिल्म ‘तिम्रो मेरो साथ’ को शीर्ष गीतमा पुष्प र साम्राज्ञी (भिडिओ)

सुगम पोखरेल र मेलिना राईको स्वर रहेको गीतमा पुष्प र साम्राज्ञीलाई देख्न सकिन्छ। 

    • Bell Sanchar

    • १३ पुष २०७९, बुधबार

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत फिल्म ‘तिम्रो मेरो साथ’ को शीर्ष गीत सार्वजनिक भएको छ।

बुधबार चितवनमा एक कार्यक्रम आयाेजना गर्दै फिल्ममा समावेश ‘झिलमिल झिलमिल’ बोलको शीर्ष गीत सार्वजनिक गरिएकाे हाे। निर्माण टिम फिल्म प्रचार प्रसारका लागि चितवन पुगेका थिए।

सुगम पोखरेल र मेलिना राईको स्वर रहेको गीतमा पुष्प र साम्राज्ञीलाई देख्न सकिन्छ।

निर्देशक रमेश एमके पौडेलको शब्द रहेकाे गीतमा योगेश काजी शाहले संगीत भरेका छन्। गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्।

फिल्ममा पुष्प, साम्राज्ञी र सन्दीपसँगै खड्क बहादुर पुन (खबपु), सरोज खनाल, दिपिशा केसीलगायतको अभिनय छ। फिल्मको कथा शबिर श्रेष्ठ र बाबुराम निरौलाले तयार पारेका हुन्।

आर्यन फिल्मस् तथा बोधी एच डी ब्यानरमा निर्माण भएको फिल्मको निर्माता पासाङ लामा, आर्यन पौडेल र अर्नव पौडेल हुन्।

शिव ढकालको छायांकन गरेको फिल्मलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्।

यो फिल्म पुस २९ गतेदेखि प्रदर्शन हुँदैछ।

पौडेल यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन्। उनले ‘रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्ती’लगायत फिल्म निर्माण गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित