यती एयरको विमान दुर्घटनामा परेका मृतकको शव भोलि परिवारलाई बुझाइने
यती एयरको विमान दुर्घटनामा परेका मृतकको शव भोलि परिवारलाई बुझाइने

शाहीका अनुसार पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ ।

    • Bell Sanchar

    • १ माघ २०७९, आईतवार

पोखरा

यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र संकलन भएका सबै शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ ।

पहिचान भएका शव भोलि सोमबार आफन्तलाई जिम्मा लगाउने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।

शाहीका अनुसार पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डीएनए भोलि नै काठमाडौं पठाइने उनले बताए ।

६८ यात्रुसहित ७२ जना सवार विमान आइतबार पोखरामा दुर्घटना भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित