६० वर्षयता पहिलो पटक घट्यो चीनको जनसंख्या
६० वर्षयता पहिलो पटक घट्यो चीनको जनसंख्या
    • Bell Sanchar

    • ६ माघ २०७९, शुक्रबार

काठमाडौं । ६० वर्षयता पहिलो पटक चीनको जनसंख्या घटेको छ ।

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक विकास विभागले निकालेका विश्वको जनसंख्या सम्बन्धी प्रतिवेदन अनुसार सन् २०२१ को तुलनामा सन् २०२२ को जनसंख्या साढे ८ लाख घटेको छ । सन् २०२१ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड १८ लाख भन्दा बढी थियो ।

चीनमा गतवर्ष अर्थात सन् २०२२ मा जन्मने व्यक्तिको संख्या भन्दा मृत्यु हुने व्यक्तिको संख्या धेरै रह्यो ।

एक जना चिनियाँ अधिकारीले अब चीनको जनसंख्या घट्ने क्रम सुरु भएको बताएका छन् ।

सन् १९७९ मा एउटा बच्चा मात्र जन्माउन पाउने नीति ल्याएको चीनमा अहिले जन्मदर प्रति हजारमा ६.७७ छ । जुन जन्मदर अमेरिकामा ११.०६, वेलायतमा १०.०८ र भारतमा १६.४२ छ ।

अहिलेकै स्थिति कायम रहेमा यो वर्षको अन्त्यसम्ममा चीनको भन्दा भारतको जनसंख्या धेरै हुने छ । प्रतिवेदनमा गरिएको आकलन अनुसार सन् २०५० मा भारतको जनसंख्या १ अर्ब ६६ करोड हुने छ भने चीनको जनसंख्या १ अर्ब ३१ करोडमा झर्ने छ ।

जनसंख्या वृद्धिदर रोकिएपछि चीनले ७ वर्षअघि नै एउटा मात्र बच्चा जन्माउन पाउने नीतिमा परिवर्तन गरेको थियो । त्यसका वावजुद पनि जनसंख्या घटेको हो ।

चीनले जनसंख्या बढाउनका लागि दुई सन्तान जन्माउने बाबुआमालाई कर छुट तथा मातृत्व सहायतालगायतका कार्यक्रम अघि सारेको छ ।

बीबीसीको सहयोगमा

साताकाे चर्चित
सम्बन्धित