राष्ट्रिय सभा उपाध्यक्षको चुनाव २३ माघमा
राष्ट्रिय सभा उपाध्यक्षको चुनाव २३ माघमा
    • Bell Sanchar

    • १३ माघ २०७९, शुक्रबार

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव माघ २३ गते हुने भएको छ ।

शुक्रबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले निर्वाचन कार्यक्रम प्रकाशित गर्न निर्देशन दिएका हुन् ।

राष्ट्रियसभा उपाध्यक्ष पद २१ फागुन २०७८ देखि रिक्त छ ।

गोलाप्रथामा चार वर्षे कार्यकाल पाएकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल २१ फागुन २०७८ मा सकिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित