प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेट
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेट
    • Bell Sanchar

    • १५ माघ २०७९, आईतवार

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबिच भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी हुने बताइएको छ।

स्रोतका अनुसार प्रचण्ड र ओलीबीच रवि लामिछानेलाई पुन: गृहमन्त्री बनाउने कि नबनाउने विषयमा समेत छलफल हुनेछ।

नागरकिता विवादमा सर्वोच्च अदालतले शुक्रबार लामिछानेको मन्त्री र सांसद पद बदर गरिदिएको थियो।

लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसकेका छन्।

लामिछानेलाई पुन: गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड इच्छुक छैनन्। माओवादी नेताहरूले गृह मन्त्रालय आफैंसँग राख्नुपर्ने तर्क गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित