नेपाल बैंकले दियो राहतमा जुम्ला बाढीपहिरो बाट ज्यान गुमाएका आफन्तलाई
नेपाल बैंकले दियो राहतमा जुम्ला बाढीपहिरो बाट ज्यान गुमाएका आफन्तलाई
    • Bell Sanchar

    • १८ माघ २०७९, बुधबार

नेपाल बैंक लिमिटेडकाे जुम्लाले गएकाे असाेज १९ गतेबाट परेकाे अविरल वर्षापछि आएकाे बाढी पहिराेमा परी ज्यान गुमाउनेका आफन्तलाई राहत दिएकाे छ।

बैंकले बहन गर्ने संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गतकाे बजेटबाट बाढी पहिराेमा परी ज्यान गुमाउनलेका आफन्तलाई राहत दिएकाे हाे।

दसैंकाे दिनबाट लगातार परेकाे वर्षातपछिकाे बाढी पहिराेमा परी जुम्लामा ११ जनाले ज्यान गुमाएका थिए। त्यसमध्ये एकजना डाेल्पाका रहेका थिए।

११ जना मृतकलाई प्रतिमृतक १० हजारका दरले राहत दिइएकाे बैंकका जुम्ला शाखा प्रबन्धक रवि भण्डारीले बताए।

‘हामीलाई केन्द्रीय कार्यालयले मृतककाे सूची संकलन गर्न र राहतकाे लागि तयारी गर्न भनेकाे थियाे,’ उनले भने, ‘संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको बजेटबाट आएकाे राहत हामीले पीडितका परिवारलाई दिएका छाैं।’

बाढीपहिराेमा परी कनकासुन्दरी गाउँपालिकामा एकै परिवारका पाँच जना सहित ७ जनाले ज्यान गुमाएका थिए। त्यस्तै हिमा गाउँपालिकामा दुई र गुठीचाैर गाउँपालिकामा डाेल्पाका एक जनाले ज्यान गुमाएका थिए।

पाँच जना सदस्य गुमाएर भावविह्वल भएकाे आफूलाई खाेज्दै बैंकले ५० हजार राहत दिँदा सान्त्वना मिलेकाे राज बहादुर शाहीले बताए।

आपतमा परेकाे बेला साेच्दै नसाचेकाे समयमा बैंकले राहत दिँदा आफ्ना निम्ति पछि काेही छ भन्ने भान परेकाे श्रीमान गुमाएकी सम्झना शाहीले बताइन्।

साताकाे चर्चित
सम्बन्धित