सिँजा चारमा जेष्ठ नागरिक र अपाङ्गता व्यक्तिलाई न्यानो कपडा वितरण
सिँजा चारमा जेष्ठ नागरिक र अपाङ्गता व्यक्तिलाई न्यानो कपडा वितरण
    • उमेश बुढा

    • २० माघ २०७९, शुक्रबार

जुम्ला ।

जुम्लाको सिँजा गाउँपालिका वडा नम्बर ४ देविडाँडा वडा कार्यालयमा जेष्ठ नागरिक , अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको छ ।

आर्थिक वर्ष २०७९ र ०८० को बजेटले जेष्ठ नागरिक , अपाङ्गता , र आमा समुह महिलालाई सामाग्री दिएर सम्मान गरिएको छ ।

जेष्ठ नागरिक ७९ जना , अपांगता २४ जना र आमा समुह महिला सात टोलकी १४ जनालाई वितरण गरेको वडा सचिव शान्ति कुमारी भण्डारीले जानकारी दिनु भएको छ ।

उनले भनिन् जेष्ठ नागरिक र अपाङ्गताको कुल बजेट १ लाख ५० हजार र महिलाको १ लाख रकमले सामाग्री खरिद गरेर जेष्ठ नागरिक , अपांगता र महिलालाई सम्मान गरि वितरण गरेको भण्डारीले बताइन् ।

सुइटर १०३ थान , टोपी १०३ थान , मोजा १०३ थान , डिङ्ची ७ थान , डाडु ७ थान र पनिउ ७ थान लक्षित वर्ग जेष्ठ नागरिक , अपांग र महिलालाई सामाग्री दिएको वडा अध्यक्ष धनजित बुढाले जानकारी दिनु भएको छ ।

चिसो समयमा न्यानो राख्नको लागि अपांगता र ७० वर्ष पुगेका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरी सम्मान गरिएको अध्यक्ष बुढाले बताए ।

१४ जना महिला टोलकी अघुवा व्यक्तिलाई डिङ्ची र डाडु पनिउ टोलमा राम्रो कार्य नराम्रो कार्यमा ठुला भाडाकुडाको आवश्यकता हुने भएकाले टोल टोलकी अघुवा महिलाई दिएको बुढाले बताए ।

वडा सरकारले सुइटर , टोपी र मोजा दिएर सम्मान गरेको पाउँदा खुसी भएको जेष्ठ नागरिक पुरिचन्द बुढाले भने । न्यानो कपडा र भाडाकुडा पाउँदा लक्षित वर्ग खुसी भएका छन् ।

साताकाे चर्चित
सम्बन्धित