लोक सेवाले स्थगित गर्‍यो अधिकृतको परीक्षा
लोक सेवाले स्थगित गर्‍यो अधिकृतको परीक्षा
    • Bell Sanchar

    • २४ माघ २०७९, मंगलवार

काठमाडौं । लोक सेवा आयोगले यही माघ २८ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको राजपत्राङ्कति तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ ।

आयोगले राजपत्राङ्कति तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको थियो ।

लोकसेवा आयोगले सूचना जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि पहिलो र द्वितीय चरणका परीक्षाहरु स्थगित गरिएको जानकारी दिएको छ ।

सर्वोच्चले यही माघ २० गते एकपटक लोक सेवा आयोग पास गरी संघ, प्रदेश र स्थानीय तहमा कार्यरत बहालवाला कर्मचारीलाई आयोगको विज्ञापनमा उमेर हद लगाएर नरोक्न अन्तरिम आदेश दिएको थियो ।

यो आदेशसँगै आयोगले प्रदेश र स्थानीय तहका कर्मचारीहरुलाई शाखा अधिकृत पदमा दरखास्त दिन २१ दिने सूचना पनि जारी गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित