तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता
तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता
    • Bell Sanchar

    • १७ चैत्र २०७९, शुक्रबार

 काठमाडौ।

तनहुँ-१ र बारा-२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि यही चैत ८ देखि १२ सम्मका लागि दर्ताको समय दिएको थियो।

यस्तै नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेको क्षेत्र चितवन २ मा पनि वैशाख १० मै उपनिर्वाचनको घोषणा गरिसकेको छ । चितवन-२ मा १८ दल भएका छन्।

तीनवटै क्षेत्रमा मतदान सम्पन्न भएको एक साताभित्र नतिजा सार्वजनिक गरिसक्ने आयोगले जनाएको छ।

साथै उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा  र बारा-२ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि आयोगले उपनिर्वाचनको मिति घोषणा गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित