जुम्ला ।
जुम्लाको कनकासुन्दरी वडा नम्बर ८ मा १ सय ८२ जना जेष्ठ नागरिकलाई कम्बलले सम्मान गरिएको छ ।
आर्थिक वर्ष २०७९ र ०८० बजेटले जेष्ठ नागरिकलाई सम्मान गरेको वडा सचिव कल वहादुर बुढाले बताउनु भयो ।
बुढाका अनुसार जम्मा २ लाखको बजेटले कम्बल खरिद गरेर वडा नम्बर ८ का जेष्ठ नागरिकलाई वितरण गरेको हो ।
जेष्ठ नागरिकलाई जाडो महिनामा दिइ सक्नु पर्ने हो । तर ढिला वितरण भयो वडा अध्यक्ष धन वहादुर कामीले भने, बुडाबुढीलाई जाडो महिनामा न्यानो पार्नको लागि कम्बलले सम्मान गरेको कामीले बताए ।
सम्मान कार्यक्रममा प्रमुख अथिति संविधान सभा सदस्य डिल्ली काँफले रहनु भएको थियो । भने विशेष अथितिमा पालिका अध्यक्ष दामोदर प्रसाद आचार्य रहनु भएको थियो विशेष अथितिमै कनकासुन्दरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेक वहादुर शाही रहनु भएको थियो । सो कार्यक्रमको सभा अध्यक्ष वडा अध्यक्ष कामी रहनु भएको थियो ।
कार्यक्रममा २ सय भन्दा वढीको उपस्थितिमा सम्पन्न भएको सचिव बुढाले जनाउनु भएको छ ।