कनकासुन्दरी – ८ मा १८२ जना जेष्ठ नागरिकलाई कम्बलले सम्मान
कनकासुन्दरी – ८ मा १८२ जना जेष्ठ नागरिकलाई कम्बलले सम्मान
    • उमेश बुढा

    • २१ चैत्र २०७९, मंगलवार

 जुम्ला ।

जुम्लाको कनकासुन्दरी वडा नम्बर ८ मा १ सय ८२ जना जेष्ठ नागरिकलाई कम्बलले सम्मान गरिएको छ ।

आर्थिक वर्ष २०७९ र ०८० बजेटले जेष्ठ नागरिकलाई सम्मान गरेको वडा सचिव कल वहादुर बुढाले बताउनु भयो ।

बुढाका अनुसार जम्मा २ लाखको बजेटले कम्बल खरिद गरेर वडा नम्बर ८ का जेष्ठ नागरिकलाई वितरण गरेको हो ।

जेष्ठ नागरिकलाई जाडो महिनामा दिइ सक्नु पर्ने हो । तर ढिला वितरण भयो वडा अध्यक्ष धन वहादुर कामीले भने,  बुडाबुढीलाई जाडो महिनामा न्यानो पार्नको लागि कम्बलले सम्मान गरेको कामीले बताए ।

सम्मान कार्यक्रममा प्रमुख अथिति संविधान सभा सदस्य डिल्ली काँफले रहनु भएको थियो । भने विशेष अथितिमा पालिका अध्यक्ष दामोदर प्रसाद आचार्य रहनु भएको थियो विशेष अथितिमै कनकासुन्दरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेक वहादुर शाही रहनु भएको थियो । सो कार्यक्रमको सभा अध्यक्ष वडा अध्यक्ष कामी रहनु भएको थियो ।

कार्यक्रममा २ सय भन्दा वढीको उपस्थितिमा सम्पन्न भएको सचिव बुढाले जनाउनु भएको छ ।

साताकाे चर्चित
सम्बन्धित