निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ।
आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले यादवलाई स्पष्टीकरण सोधेको हो।
आज बारा २ को उपनिर्वाचनमा प्रतिकूल असर गर्ने गरी कार्य गरेको भन्दै आयोगले यादवलाई स्पष्टीकरण सोधेको हो।
२४ घन्टाभित्र स्पष्टीकरण पेश गर्नसमेत आयोगले निर्देशन दिएको छ।