श्रीलंकामा हिन्दू मन्दिरमा आक्रमण, तमिल समुदाय आक्रोशित
श्रीलंकामा हिन्दू मन्दिरमा आक्रमण, तमिल समुदाय आक्रोशित
    • Bell Sanchar

    • ११ बैशाख २०८०, सोमबार

श्रीलंकामा विगत केही दिनयता हिन्दू मन्दिरहरूमा आक्रमणका घटना बढ्न थालेका छन् । त्यसले गर्दा त्यहाँको तमिल समुदाय आक्रोशित छ ।

देशको उत्तरी भागमा सिंहलीकरणलाई प्रोत्साहन गरिएकाले यस्ता घटना भइरहेको उनीहरू दाबी गर्छन् ।

स्थानीय सञ्चारमाध्यममा आएका खबरअनुसार, विगत केही दिनयता मन्दिरहरूमा आक्रमण गर्नुका साथै मूर्तिहरूलाई तोडफोड गरिएको छ । केही मूर्तिहरू बेपत्ता पारिएको छ ।

त्यस्तो हुन थालेपछि जाफनामा तमिलहरूले सार्वजनिक स्थानमा हिन्दू देवताको मूर्ति स्थापना गरेका थिए ।

तर त्यहाँको प्रहरीले मूर्ति हटाउनका लागि अदालतसमक्ष निवेदन दिएको छ ।

कैयन् तमिल राजनीतिक दलहरूले मन्दिर आक्रमणको विरोधमा मंगलवार (अप्रिल २५) मा विरोध प्रदर्शन आह्वान गरेका छन् ।

उत्तरी प्रान्तमा हिन्दू मन्दिरहरूमा आक्रमण भइरहेसँगै नयाँ बौद्ध संरचना तथा मन्दिर बन्न थालेको द हिन्दु पत्रिका लेख्छ ।

त्यहाँ हिन्दू सबभन्दा ठूलो धार्मिक समूह हो भने त्यसपछि क्रिस्चियन र मुस्लिम पर्छन् । बौद्धहरू चौथो स्थानमा छन् ।

साताकाे चर्चित
सम्बन्धित