भ्रम फैलाएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक
भ्रम फैलाएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक
    • Bell Sanchar

    • १२ बैशाख २०८०, मंगलवार

काठमाडौं ।

सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको एफडीजेड ५७६ जहाजमा चरा ठोक्किएको भन्दै भ्रम फैलाएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।

फ्लाइ दुबईको जहाजको इन्जिनमा खराबी आएको भन्दै पाइलटले एटीसीलाई जानकारी गराएका थिए ।

तर, फ्लाइ दुबईले भने ट्वीट गर्दै सम्भवतः चरा ठोक्किएको हुन सक्ने बताएको थियो । प्राधिकरणले भने भौतिक रुपमा गरेको निरिक्षणबाट चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको बताएको छ ।

प्राधिकरणले भ्रमपूर्ण समाचार फैलाएको भन्दै फ्लाइ दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरको एयरपोर्ट पास निष्कृय पार्ने निर्णय गरेको जनाएको छ ।

यससँगै उनीहरुले विमानस्थल भित्र प्रवेश पाउने छैनन् ।

प्राधिकरणका अनुसार सोमबार के कारणले जहाजको इन्जिन पड्किएको हो, के कारणले आगो देखिएको हो भन्नेबारे संयुक्त अरब इमिरेट्सको नागरिक उड्डयन प्राधिकरणबाट जानकारी लिने छ ।

किनकि फ्लाइ दुबई सोही मुलुकमा दर्ता भएका कारण नेपालको नियामक निकायले सो कम्पनीबारे अनुसन्धान गर्दैन ।

साताकाे चर्चित
सम्बन्धित