बारा २ मा भएको उपनिर्वाचनको मतगणनामा उपेन्द्र यादवले अग्रता कायम
बारा २ मा भएको उपनिर्वाचनको मतगणनामा उपेन्द्र यादवले अग्रता कायम
    • Bell Sanchar

    • १२ बैशाख २०८०, मंगलवार

बारा ।

बारा २ मा भएको उपनिर्वाचनको मतगणनामा उपेन्द्र यादवले अग्रता कायम राखेका छन् । खसेको ६९ हजार १०७ मतमध्ये ३९ हजार १९४ मत गणना भएको छ ।

जसमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९१३ र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ११ हजार ९८९ मत पाएका छन् ।

उनीहरुबीचको मतान्तर ४ हजार ९२४ रहेको छ ।

त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार २७२, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार १३१ र आम जनता पार्टीका अरुण ज्ञवालीले १ हजार ९५९ मत पाएका छन् ।

साताकाे चर्चित
सम्बन्धित