कतारविरुद्ध हाबी नेपाल, ३७ रनमै गुमे कतारका ६ विकेट
कतारविरुद्ध हाबी नेपाल, ३७ रनमै गुमे कतारका ६ विकेट
    • Bell Sanchar

    • १४ बैशाख २०८०, बिहीबार

काठमाडाैं ।

एसीसी प्रिमियर कपमा कतारलाई सामान्य लक्ष्य दिए पनि नेपाल बलिङमा हाबी भएको छ ।

३७ रन बनाउँदा कतारले ६ महत्वपूर्ण विकेट गुमाइसकेको छ ।

नेपालका लागि साेमपालले पाँचौ विकेट लिँदा व्यक्तिगत तेस्रो विकेट लिएका थिए । १२ औं ओभरको अन्तिम बलमा उनले विकेट लिएका थिए ।

लगत्तै १२.४ ओभरमा नेपालका लागि सन्दीप लामिछानेले छैटौं विकेट लिए ।

१३ ओभरमा ६ विकेट गुमाउँदा कतारले ४१ रनमात्रै जोडेको छ ।

उसलाई जीतका लागि अझै ११७ रन आवश्यक छ । तर ४ विकेटमात्रै हातमा छ ।

साताकाे चर्चित
सम्बन्धित