प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आवद्ध राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री दाहालको पुत्ला दहन गरे
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आवद्ध राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री दाहालको पुत्ला दहन गरे
    • Bell Sanchar

    • १६ बैशाख २०८०, शनिबार

काठमाडौँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आवद्ध राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला दहन गरेको छ ।

शनिवार अपराह्न काठमाडौंको नयाँ बानेश्वरमा सरकारविरुद्ध उत्रिएका युवा संघ नेपालका नेता, कार्यकर्ताहरूले अयोग्य लडाकूलाई २ लाख रुपैयाँका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब दिँदै प्रधानमन्त्री प्रचण्डको पुप्ला दहन गरेका हुन् ।

त्यसक्रममा उनीहरूले लडाकूको नाममा अर्बाैं घोटाला गर्न खोजेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए ।

अयोग्य लडाकूहरूको नाममा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने गरी ल्याइएको कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलनको आँधिबेहरी सिर्जना गरी सरकारलाई घुडा टेकाउन बाध्य हुने युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिए ।

nullnullnull

उनले भने, ‘आम नेपालीहरूको छातीमा बज्रपात गर्दै देशको ढुकुटी रित्याउँदै, देशको ढुकुटीलाई नीतिगत भ्रष्टाचार गरेर पार्टीलाई अर्बाैं रकम खन्याउने, लडाकूको नाममा एउटा व्यक्ति पोस्ने, अर्बौं घोटाला गर्ने र आफ्नो घृणित राजनीतिको अभिष्ट पूरा गर्ने योजनाले यो सरकार अगाडि बढेको छ । यो अयोग्य लडाकूहरूको नाममा अर्बौं घोटाला हुने गरी ल्याइएको कार्यविधि फिर्ता लिन, खारेज गर्न यो सरकारलाई हामीले आज ध्यानाकर्षण गराएका छौं । हिजो ज्ञापनपत्र बुझाएका थियौं । यदि यो कुचेष्टा अगाडि बढाउन खोज्यो भने देशभर आन्दोलनको आँधिबेहरी ल्याएर यो सरकारलाई घुडा टेकाउन राष्ट्रिय युवा संघ नेपाल जान्दछ ।’

राष्ट्रिय युवा संघ नेपालले शुक्रवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी अयोग्य लडाकूलाई राहत स्वरूप २ लाखका दरले दिने गरी ल्याइएको कार्यविधि खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

 

साताकाे चर्चित
सम्बन्धित