जुम्लाको हिमा सरकारले सवारी साधनको दुरुपयोग गर्‍यो
जुम्लाको हिमा सरकारले सवारी साधनको दुरुपयोग गर्‍यो
    • उमेश बुढा

    • २९ बैशाख २०८०, शुक्रबार

  जुम्ला ।

जुम्लाको हिमा गाउँपालिकामा सरकारी नम्बर प्लेटको सवारी व्यापक दुरुपयोग भएको पाइएको छ । जनताको काम छिटो छरितो होस् भनेर स्थानीय सरकारले जनप्रतिनिधिलाई सवारी साधन दिए पनि यसको सही सदुपयोग हुन सकेको छैन । कतिपय सवारी साधन सरकारी काममा प्रयोग नभई घरायसी काममा प्रयोग हुने गरेका छन् ।

यसरी सरकारी गाडी दुरुपयोग हुँदा सेवाग्राहीले सास्ती झेल्दै आउनु परेको छ ।
नागरिकको प्रत्यक्ष र अप्रत्यक्ष करले किनेको मोटर साइकल निजि व्यक्तिले प्रयोग गरेर घाँस बोक्ने गरेको सामाजिक संजालबाट बाहिर आएको छ ।

यसको ज्वलन्त उदाहरण हिमा गाउँपालिकामा देखियको छ । सरकारी पेलेट भएको १५० सिसि सवारी साधनको दुरुपयोग भएको सामाजिक संजाल बाट बाहिरिएको हो ।
सरकारी काममा प्रयोग नभई घाँसपात ओसार्ने प्रयोग हुँदै आएको स्थानीयको गुनासो छ ।

साताकाे चर्चित
सम्बन्धित