मर्मतका लागि मेलम्चीको पानी वितरण रोकिने   
मर्मतका लागि मेलम्चीको पानी वितरण रोकिने   
    • Bell Sanchar

    • ३० बैशाख २०८०, शनिबार

    सिन्धुपाल्चोक 

मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ ।
हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो । सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित