काठमाडौं ।
साउथह्याम्टन ११ वर्ष प्रिमियर लिग खेलेपछि रेलिगेसनमा परेको छ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार महत्वपूर्ण खेलमा फुलहमसँग २-० गोलले पराजित भएसँगै साउथह्याम्टन अन्तिम दुई खेल बाँकी छँदै रेलिगेसनमा परेको हो।
अंक तालिकाको पुछारमा रहेको साउथह्याम्टनले ३६ खेलबाट २४ अंक जोडेको छ।
३६ मध्ये साउथह्याम्टन २४ खेलमा पराजित भयो। ६ खेलमा जित निकालेको उसले ६ खेल बराबरी खेलेको छ।
अब उसले सन् २०१२ पछि दोस्रो डिभिजनको लिग च्याम्पियनसिप खेल्नेछ।
सन् २०१२ मा प्रिमियर लिगमा बढुवा पाएको र २०१३ देखि २०१७ सम्म लगातार चार सिजन शीर्ष आठमा परेको साउथह्याम्प्टनले यो सिजन खराब प्रदर्शन गरेको थियो।