साउथह्याम्टन ११ वर्षपछि पर्‍यो प्रिमियर लिगबाट रेलिगेसनमा
साउथह्याम्टन ११ वर्षपछि पर्‍यो प्रिमियर लिगबाट रेलिगेसनमा
    • Bell Sanchar

    • ३१ बैशाख २०८०, आईतवार

काठमाडौं ।

साउथह्याम्टन ११ वर्ष प्रिमियर लिग खेलेपछि रेलिगेसनमा परेको छ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार महत्वपूर्ण खेलमा फुलहमसँग २-० गोलले पराजित भएसँगै साउथह्याम्टन अन्तिम दुई खेल बाँकी छँदै रेलिगेसनमा परेको हो।

अंक तालिकाको पुछारमा रहेको साउथह्याम्टनले ३६ खेलबाट २४ अंक जोडेको छ।

३६ मध्ये साउथह्याम्टन २४ खेलमा पराजित भयो। ६ खेलमा जित निकालेको उसले ६ खेल बराबरी खेलेको छ।

अब उसले सन् २०१२ पछि दोस्रो डिभिजनको लिग च्याम्पियनसिप खेल्नेछ।

सन् २०१२ मा प्रिमियर लिगमा बढुवा पाएको र २०१३ देखि २०१७ सम्म लगातार चार सिजन शीर्ष आठमा परेको साउथह्याम्प्टनले यो सिजन खराब प्रदर्शन गरेको थियो।

साताकाे चर्चित
सम्बन्धित