पञ्जाबसँग पराजित भएसँगै प्लेअफ दौडबाट बाहिरियो दिल्ली
पञ्जाबसँग पराजित भएसँगै प्लेअफ दौडबाट बाहिरियो दिल्ली
    • Bell Sanchar

    • ३१ बैशाख २०८०, आईतवार

काठमाडौं ।

आइपिएल २०२३ मा दिल्ली क्यापिटल्स प्लेअफ दौडबाट बाहिरिएको छ।

शनिबार पञ्जाब किंग्ससँग ३१ रनले पराजित भएसँगै दिल्ली प्लेअफ दौडबाट बाहिरिएको छ।

अंक तालिकाको पुछारमा रहेको दिल्लीको १२ खेलबाट ८ अंक मात्र छ।

यता दिल्लीलाई पराजित गरेसँगै पञ्जाबको प्लेअफ सम्भावना जीवित बनेको छ। यससँगै छैटौं स्थानमा रहेको पञ्जाबको १२ अंक छ।

शनिबार पञ्जाबले दिएको १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले ८ विकेटको क्षतिमा १३६ रन मात्र जोड्न सक्यो।

उसका लागि कप्तान डेभिड वार्नरले ५४ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा पञ्जाबका हरप्रितले चार विकेट लिए।

त्यसअघि दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले प्रभशिमरन सिंहको शतकमा पञ्जाबले ७ विकेटको क्षतिमा १६७ रन जोड्यो।

पञ्जाबका लागि ओपनर सिंहले १०३ रन जोडे। उनले ६५ बलमा १० चौका र ६ छक्का प्रहार गरे।

बलिङमा दिल्लीका इशान्त शर्माले २ विकेट लिए।

साताकाे चर्चित
सम्बन्धित