सांसद बजगाईको प्रश्न- विदेश गएकाले घरमा मोबाइल ल्याउन पनि नपाउने ?
सांसद बजगाईको प्रश्न- विदेश गएकाले घरमा मोबाइल ल्याउन पनि नपाउने ?
    • बेल संचार

    • १ जेष्ठ २०८०, सोमबार

काठमाडौं । 

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले विदेशबाट स्वदेश फर्कनेहरूले घरमा परिवारका सदस्यका लागि उपहारमा मोबाइल ल्याउन पनि नपाउने हो भन्ने प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै बजगाईले मोबाइलका डिलरहरूको प्रभावमा परेर मोबाइल ल्याउन नदिइएको आरोप लगाए।

‘नेपाल फर्किएका दाजुभाइ दिदीबहिनीहरूले उपहारका रूपमा ल्याइएका मोबाइल विमानस्थलमा खोस्ने काम भएपछि प्रधानमन्त्रीको पनि ध्यानाकर्षण भएको थियो,’ उनले भने, ‘यहाँ मोबाइल उत्पादन नगर्ने ती डिलरहरूले विदेशबाट स्वदेशमा गिफ्टका रूपमा मोबाइल ल्याउन पनि बन्देज गरेको छ।’

उनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा सत्ता बागडोर सम्हालेकाहरू नै संलग्न देखिएको बताए।

‘नक्कली भुटानी शरणार्थी प्रकरण नेपालमा बस्न नपाएका युवाले गरेका होइनन्, नेपालका सत्ता बागडोर सम्हालेका महामहिमहरूले गर्नुभएको हो,’ उनले भने।

बर्दियामा पुल निर्माणलगायत माग राख्दै कांग्रेस सांसद सञ्जय गौतम अनशन बसेको प्रसंग निकाल्दै उनले बर्दिया र गोरखामा उस्तै समस्या देखिएको बताए। ‘बर्दियाको पुल र गोरखाको चुमखोला पुल समस्या एकै हो। एकै ठेकदार भन्ने बुझिएको छ,’ उनले भने।

उनले मन्त्रिपरिषद सदस्यलाई नयाँ निवास बनाउन बजेट बिनियोजन भइरहेकोले त्यो बजेट कटौती गर्न माग गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित