टोपबहादुर रायमाझीको बयान सकियो , बयानका लागि सोधपुछ गर्न खोज्दा खाँण बिरामी
टोपबहादुर रायमाझीको बयान सकियो , बयानका लागि सोधपुछ गर्न खोज्दा खाँण बिरामी
    • Bell Sanchar

    • २ जेष्ठ २०८०, मंगलवार

काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान सकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका कार्यालय प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले सोमवार अपराह्न ४ बजेदेखि राति साढे ९ बजेसम्म लगातार साढे ५ घण्टा रायमाझीको बयान गरिएको जानकारी दिए ।

प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीलाई थुनामा राख्ने अनुमति पाएकै दिन बयान लिने कार्य सकिएको छ । रायमाझी आइतवार साँझ काठमाडौंबाट पक्राउ परेका थिए ।

थुनामै रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सञ्चो नभएका कारण बयान पूरा हुन सकेन ।

बयानका लागि सोधपुछ गर्न खोज्दा खाँणले बिरामी भएको र बयान दिन नसक्ने जनाएकाले बयान रोकिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

सोमवार शुरू भएर रोकिएको खाँणको बयान आज हुनेछ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको घटनामा प्रहरीले छानबिन गरिरहेको छ । शरणार्थी प्रकरणमा हालसम्म १३ जना पक्राउ परिसकेका छन् ।

साताकाे चर्चित
सम्बन्धित