डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटे
डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटे
    • Bell Sanchar

    • ३ जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

नागरिक अगुवाद्वय डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् ।

उनीहरूले मंगलबार गृहमन्त्री श्रेष्ठलाई भेटेर भ्रष्टाचारविरुद्धको कदममा ऐक्यबद्धता जनाएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको एक्सनलाई समर्थन र बधाई दिंदै उनीहरूले थप अपेक्षाका साथ नागरिक खबरदारीसमेत गरेका थिए ।

गृहमन्त्रीको सचिवालयका अनुसार दुवै जनाले सरकारको पछिल्लो कदमले केही खुसी दिलाएको भन्दै थप अपेक्षा र विश्वास रहेको बताएका थिए ।

साताकाे चर्चित
सम्बन्धित