लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने ५ जना  मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा
लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने ५ जना  मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा
    • Bell Sanchar

    • ६ जेष्ठ २०८०, शनिबार

काठमाडौं

काठमाडौंको कीर्तिपुरमा गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने ५ जना  मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

लु८२प ७३९६ नम्बरका मोटरसाइकल चालक काठमाडौंको कीर्तिपुर बस्ने २१ वर्षीय सनिश जोशी, बागमती प्रदेश ०२–०२४ प ९२ ८३ नम्बरका मोटरसाइकल चालक काठमाडौंकै रामकोट बस्ने २० वर्षीय सन्देश साही, बा३प ६६ ४४ नम्बरको मोटरसाइकल चालक ललितपुरको बालकुमारी बस्ने ४० वर्षीय रवी महर्जन, बा३५प ९११३ नम्बरका मोटरसाइकल चालक न्युरोड बस्ने २२ वर्षीय शोभन शर्मा र बा८४प ४२ ८८ नम्बरको मोटरसाइकल चालक ललितपुरको सातदोबाटो बस्ने २६ वर्षीय दिपजंग रेग्मीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका  सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले शुक्रवार २३ वटा सवारीसाधन चेक गर्दा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका ५ जना मोटरसाइकल चालक फेला पारेको थियो ।

लागूपदार्थ सेवनले सेवनकर्ताको शारीरिक तथा मानसिक स्थितीमा परिवर्तन ल्याउनुका साथै यसको सेवन गरेर सवारी साधन चलाउँदा दुर्घटनाको समेत जोखिम हुने भएकाले नशालु पदार्थ सेवन गरी सवारीसाधन नचलाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोध समेत गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित