गोटिज्युलाबाट सुर्खेत जाँदै गरेको बसबाट झर्न खोज्दा एक युवक घाइते
गोटिज्युलाबाट सुर्खेत जाँदै गरेको बसबाट झर्न खोज्दा एक युवक घाइते
    • उमेश बुढा

    • ११ जेष्ठ २०८०, बिहीबार

जुम्ला ।

जुम्लाको कनकासुन्दरी ६ गोटिज्युलामा एक युवक बसबाट झर्न खोज्दा गम्भीर घाइते भएको छ ।

हुम्लामा विद्दुत जडान गर्नबाट फर्केका मुगुदेखि बस रिजव गरेर आउने क्रममा गोटिज्युला बजारमा नास्ता खाएर सुर्खेत जाँदै गर्ने बेला मुगुबाट रिजव गरेको बसमा नचढेर अर्को बसमा चढेको भित्र आफ्ना साथीहरू नदेखे पछि भे १ ख १४७६ नम्बरको बसको साहुले गाडीलाई रोक्न खोज्दा खोज्दै बसको ढोकाबाट झर्न खोज्दा घाइते भएको बुझिएको छ ।

गोर्खाका १२ जना चढेको बस भने भे १ ख २९१३ नम्बरको हो तर उनले मुगुबाट चढेको बसले घाइते बनाएको होइन् । अर्को सँगसँगै आएको बसमा नचिनेर चढ्दा खेखी झर्ने बेला घाइते हुनु भएको हो ।

भे १ ख १४ ७६ नम्बर र भे१ ख २९ १३ नम्बर दुबै बसलाई गोटिज्युला प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेको घाउको र पिठ्युँमा चोट लागेको छ घाइतेलाई कनकासुन्दरी गाउँ पालिकाको एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको लागि लिएको छ ।
घाइतेको नाम , ठेगाना पुरा रुपमा खुल्न सकेको छैन् ।

साताकाे चर्चित
सम्बन्धित