चीनले साउदी अरब र इजिप्टलाई हतियार बेच्ने
चीनले साउदी अरब र इजिप्टलाई हतियार बेच्ने
    • Bell Sanchar

    • ११ जेष्ठ २०८०, बिहीबार

काठमाडाैं ।

चीनले साउदी अरब र इजिप्टसँग हतियार सम्बन्धी ठूलो सम्झौता गर्न लागेको साउथ चाइना मर्निङ पोस्टले खबर दिएको छ ।

हतियारका लागि अमेरिका र रुसमा निर्भर रहेका यी दुई मुलुकले विविधीकरणका लागि चीनसँग सम्झौता गर्न खोजेका हुन् ।

साउदी अरेबियन मिलिटरी इन्डस्ट्रीजले चीनको सरकारी चाइना नर्थ इन्डस्ट्रीज ग्रुपसँग कुराकानी गरिरहेको छ । निगानी गर्ने ड्रोनदेखि हवाई प्रतिरक्षा प्रणालीसम्मका हतियार किन्नका लागि कुरा चलिरहेको हो ।

सन् २०२३ को अन्त्यसम्म सम्झौता वार्ता चल्ने बताइएको छ । हतियार खरिदबिक्री युआनमा हुने अनुमान छ ।

ट्याक्टिकल रिपोर्ट पत्रिकाले सोमवार प्रकाशित गरेको खबअनुसार, इजिप्टले चीनसँग छङ्तु जे–१०सी लडाकू विमान किन्न खोजेको छ ।

सन् २०२२ को अन्त्यतिरबाट यस विषयमा कुराकानी चलिरहेको थियो ।

यही साता मलेसियाको लङकावीमा हुने अन्तर्राष्ट्रिय जलक्षेत्र तथा हवाईक्षेत्र प्रदर्शनीको साइडलाइनमा इजिप्ट वायुसेना तथा छङ्तु एयरक्राफ्ट इन्डस्ट्री ग्रुपका प्रतिनिधिहरूबीच कुराकानी हुनेछ ।

अमेरिकाका संसारको शीर्ष हतियार निर्यातक हो तर विश्लेषकहरूका अनुुसार चीन वैकल्पिक आपूर्तिकर्ताका रूपमा उदाएको छ किनकि उसले सस्तो मूल्यमा राजनीतिक शर्त नलादिकन अत्याधुनिक हतियार बेच्ने गरेको छ ।

एजेन्सी

साताकाे चर्चित
सम्बन्धित