रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन , राष्ट्रपति पौडेल
रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन , राष्ट्रपति पौडेल
    • Bell Sanchar

    • ११ जेष्ठ २०८०, बिहीबार

काठमाडौं । 

राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् ।

राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपरान्हमा आयोजित भोटो जात्रामा सरिक भइ भोटो जात्रा अवलोकन गरेका हुन् ।​

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेका छन् । उनले जीवित देवी कुमारीको दर्शन पनि गरेका छन्।

गत वैशाख ११ गतेदेखि शुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ ।

भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरू सहभागी थिए ।

साताकाे चर्चित
सम्बन्धित