सिटीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि, ‘ट्रिबेल ड्रिम’ साकार
सिटीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि, ‘ट्रिबेल ड्रिम’ साकार
    • Bell Sanchar

    • २८ जेष्ठ २०८०, आईतवार

 काठमाडौं ।

च्याम्पियन्स लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । स्तानबुलमा शनिवार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोल अन्तरले हराउँदै सिटीले उपाधि जितेको हो । सिटीलाई जित दिलाउन  ६८औं मिनेटमा रोड्रीले निर्णायक गोल गरे । सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

सिटीले एकै सिजन ‘ट्रिबेल’ उपाधि हात पारेको छ । यस अघि सिटीले प्रिमियर लिग र एफए कप जितेको थियो ।

गएराति इन्टर मिलानको चुनौतीपूर्ण दबाबलाई पाखा लगाउँदै सिटीले च्याम्पियन्स लीगको प्रतिक्षित खडेरी तोडेको हो ।

पछिल्ला तीनमध्ये दुई पटकका च्याम्पियन्य लीगको फाइनल खेल्दा सिटी यसपटक मिलानविरुद्ध १–० गोल अन्तरले अघि रहँदै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

सिटी सन् २०२०/२१ को सिजनमा चेल्सीसँग १–० गोल अन्तरले पराजित हुँदै उपाधिबाट विमुख भएको थियो ।

पहिलो हाफमा सिटीका लागि आर्लिकङ हालाण्डले केही राम्रा मौका खेर फालेका थिए । इन्टरले पनि दबाब निरन्तर बनाएको थियो ।

दोस्रो हाफमा इन्टरले पटकपटक सिटीको पोस्टमा धावा बोल्दा गोलकिपरले पटकपटक उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको ६८ औं मिनेटमा रिबाउन्ड बलमा स्पनिस खेलाडीले रोड्रीले लामो कडा प्रहार गोलमा परिणत हुन पुग्यो ।

लुकाकुका हेडिङ बललाई सिटीका गोलरक्षकले पटकपटक बचाएर खेलमा इन्टरलाई फर्कन दिएनन् ।

इन्टरले १४ सट प्रहार गर्दा ६ वटा अन टार्गेट गरेको थियो । यता सिटीका भने ७ वटामा ४ वटा प्रहार मात्रै अन टार्गेट थिए ।

तीनपटकको च्याम्पियन्स लीग विजेता इन्टरले कडा चुनौती दिनुको बाबजुद अन्ततः पेप ग्वार्डिओलाको सिटीलाई उपाधि सुम्पियो ।

ग्वार्डिओलाले बार्सिलोनामा दुई च्याम्पियन्स लीग जितेपछि सिटीलाई थप एउटा उपाधि जिताउन पुगे ।

इन्टर मिलानले अहिलेसम्म तीनपटक च्याम्पियन्स लीगको उपाधि जितेको छ । इन्टरले १९६४ र १९६५ पछि अन्तिमपटक २०१० मा च्याम्पियन्स लीगको उपाधि उचालेको थियो । सिटीले यसपटक दुईवटा उपाधि जित्दा इन्टर भने सिरी ए लीगमा तेस्रो स्थानमा खुम्चियो ।

सिटीले २०१० यताका १३ वर्षमा ७ वटा घरेलु लीग जितेर आफूलाई विश्वकै बलियो टोलीको रूपमा उभ्याएको छ । सिटीले २०११/१२, २०१३/१४, २०१७/१८, २०१८/१९, २०२०/२१, २०२१/२२ र २०२२/२३ मा गरी प्रिमियर लीग आफ्नो नाममा लेखाएको छ ।

१४ पटक च्याम्पियन्स लीगको उपाधि जितेको रियललाई समग्रमा ५–१ ले पराजित गर्दै सिटी फाइलनमा पुगेको थियो ।

यता इन्टर मिलान भने एसी मिलानलाई समग्रमा ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगे पनि यसपटक अभागी सावित हुन पुग्यो । स्टार खेलाडीले भरिएको टिमलाई कडा टक्कर दिनुको बाबजुद टर्कीको इस्तानबुलमा इन्टर अभागी सावित हुन पुगेको हो ।

साताकाे चर्चित
सम्बन्धित