सेयर बजारमा ४०.४८ अंकको वृद्धि
सेयर बजारमा ४०.४८ अंकको वृद्धि
    • Bell Sanchar

    • २८ जेष्ठ २०८०, आईतवार

काठमाडौं ।

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ । २.०९ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा उक्लिएको छ ।

आइतबार सबै उपसूचकहरु हरियाली देखिए । सबैभन्दा धेरै लगानी उपसूचक (५.११ प्रतिशत) मा वृद्धि भयो ।

आइतबार २७५ धितोपत्रको ६१ हजार ४५० कारोबारबाट ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच भएको छ ।

आइतबार ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार भूगोल इनर्जी विकास कम्पनी र सिटी होटलको मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो ।

सिटी होटल आइतबारदेखि कारोबारमा आएको हो । गुहेश्वरी मर्चेण्ट, रियलाइन्स फाइनान्स, नागरिक लगानी कोषसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।

आइतबार ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड, मेघा म्यूचअल फण्ड, मनकामना स्मार्ट लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

नागरिक लगानी कोष, शिवमः सिमेन्टसहितका धितोपत्रको बढी कारोबार भएको छ ।

साताकाे चर्चित
सम्बन्धित